सुनसरी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति भएको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको छ । अहमदाबादमा दुई सय ३२ रनको लक्ष्य पछ्याएको चेन्नईले एक सय ९६ रन मात्र बनाउन सकेपछि पराजित भएको हो ।
टस जितेर चेन्नईले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट मात्र गुमाएर दुई सय ३१ रन बनाएको थियो । गुजरातका ओपनर साई सुदर्शन र सुभ्मन गिलले नै दुई सय १० रनको ओपनिङ साझेदारी गरेका थिए । सुदर्शन एक सय ३ रन खेलेर सब्स्सिच्युट आउट भए ।
सुभ्मनले पनि एक सय चार रनको शतकीय पारी खेलेका थिए । डेभिड मिलरले १६ रनको योगदान गरे। चेन्नईका तुसार देशपाण्डेले दुई विकेट लिए पनि बाँकी बलर महंगा सावित भए। समरजित सिंहले चार ओभरमा ६० रन प्रदान गरेका थिए ।
जवाफमा चेन्नईले ओपनर अजिङ्य राहाणे र रचिन रविन्द्रलाई एक-एक रनमा गुमाएको थियो। रितुराज गायक्वड शून्यमा आउट भए । तीन विकेट गुमाउँदा चेन्नईले १० रन मात्र बनाएको थियो । त्यसपछि चेन्नईलाई खेलमा फर्काउन डर्याल मिचेलले ६३ रन बनाए भने मोइन अलीले ५६ रनको योगदान गरे । त्यस्तै, शिवम् दुवेले २१, रविन्द्र डाजेडाले १८ र महेन्द्र सिंह धोनीले २६ रन बनाएका थिए ।
सन्दीप वारियर र उमेश यादवले सुरुआति दुई विकेट लिएर चेन्नाईमाथि दबाब कायम गरेका थिए । मोहित शर्माले पनि खेलमा तीन विकेट लिए । यो जितका बाबजुद गुजरात तालिकाको आठौं स्थानमा छ । पराजित चेन्नई चौथो स्थानमा छ । समान दुई खेल बाँकी रहँदा दुवै टिमलाई प्ले अफमा पुग्न भने दबाब छ । आईपीएलमा आज कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सको सामना गर्ने छ।