सुनसरी । कोलकाता नाइट राइडर्स शनिबार आईपीएल-२०२४ पुग्ने पहिलो टिम बनेको छ । उसले एडेन गार्डेनमा भएको वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हरायो । खेल १६ ओभरमा छोट्याइएको थियो र त्यसमा पहिले ब्याटिङ गर्दै कोलकाताले ७ विकेटमा १ सय ५७ रन बनाएको थियो । वेन्कटेश अयरले सर्वाधिक ४२ रन बनाए ।

जवाफमा मुम्बईले ८ विकेट गुमाएर १ सय ३९ रनमात्रै बनाउन सक्यो ।

कोलकाता १२ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ । मुम्बईको सम्भावना भने समाप्त भइसकेको छ । उसको १३ खेलबाट ८ अंकमात्रै छ ।