सुनसरी । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज पनि बहस हुने भएको छ। मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि उनको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार दुवै पक्षको बहस सकिएकाले हेर्दाहेर्दैमा राखिएको हो। आज पनि न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै लामिछानेको मुद्दाको फैसला गर्नेछ ।

यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको थियो। उक्त दिन हेर्न नमिल्नेमा परेपछि मंगलबारका लागि पेशी तोकिएको हो। 

पटक-पटक पेश सर्दा लामिछानेले दिए पुनरावेदनमाथि सुनुवाई गर्दै दोषी भए जेल सजाय र निर्दोष भए विश्वकप खेल्न पठाउनुपर्ने माग नागरिकस्तरमा उठ्न थालेको छ।