विराटनगर । ताप्लेजुङमा रहेको कोशी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर (मुक्कुम्लुङ) क्षेत्रमा भइरहेको वन फडानीको विरोधमा आज मेची राजमार्ग र तमोर कोरिडोर सडक बन्द गरिएको छ । किराँतीहरूले आस्थाको केन्द्र पाथीभरा ( मुक्कुम्लुङ्ग)मा केबलकार लैजाने भन्दै केबलकार सञ्चालनका लागि रुख काट्न थालेपछि बन्दको आह्वान गरिएको हो ।
बन्दका कारण  मेची राजमार्गमा यातायातका साधन ठप्प भएका छन् ।  मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुम चुम्लुङ सङ्घीय समितिलगायतका सङ्घसंस्थाले बन्दको आव्हान गरेका हुन ।  बन्दले इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको हो ।
निजी कम्पनीलाई केबलकार सञ्चालन गर्न दिनका लागि रुखहरू कटान थालिएको छ । रुख काटेको विरोधमा  आज र भोलीका लागि मेची राजमार्ग र तमोर कोरिडोर सडक बन्दको आव्हान गरिएको छ ।  बन्दका कारण तमोर कोरिडोर सडक खण्डमा समेत यातायातका साधन चलेका छैनन् ।  
वन फडानी गरिएको क्षेत्र याक्थुङ लिम्बूसहित आम मानिसको ‘आस्थाको केन्द्र’ भएकाले जबरजस्त रूपमा रुख फडानी नगर्न बन्धकर्ताले चेतावनी दिएका छन् ।