सुनसरी । प्रहरीले गोली प्रहार गरी सुनसरीको रामधुनी ६ स्थित इचौलबाट दुई जना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार साँझ ८ बजे गोली हानेर लागू औषध ब्राउन सुगर सहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले सप्तरीको सप्तकोसी नगरपालिका ५ का ३५ वर्षीय श्यामसुन्दर खान र सुनसरीको इटहरी ५ का ४० वर्षीय श्यामप्रसाद निरौलालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । खानको घुडामुनी गोली लागेको छ ।
उनको इटहरीको सान्वी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का कारोबारी निरौलालाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरूको साथबाट २ सय १० ग्राम ६ सय ३० मिलिग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोइन समेत बरामद भएको प्रहरी श्रोतले जानकारी दिएको छ । लागू औषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय पलकीको टोलीले ती दुई कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।
लागु औषध कारोबारीलाई पिछा गर्दै हिनेको प्रहरीको टोलीमाथीनै जाइलागेपछि गोली चलाउनुपरेको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई दिनअघि पनि ब्युरोको टोलीले मोरङको रतुवामाईबाट गोली प्रहार गरी कारोबारी नियन्त्रणमा लिएको थियो ।