विराटनगर । बुढिगंंगा गाउँपालिका वडा नम्बर ३ मा रहेको स्मृति बोर्डिङ स्कुलले आफ्नो २१ औ वार्षिक उत्सव मनाएको छ। २१ औ वार्षिक उत्सव, पुरस्कार वितरण एवम् नयाँ
विद्यार्थीलाई स्वागत कार्यक्रमको आयोजना गरिएको हो । हरेक जेष्ठ ६ गतेलाई विद्यालयले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ । दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ भनेँ नयाँ आगन्तुक विद्यार्थीहरूको स्वागत समेत गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा विभिन्न विधामा योगदान गर्ने विद्यार्थीहरू मध्ये कक्षा १० का लभकुमार शर्मा र कक्षा ७ की रोशनी अधिकारीलाई स्टुडेन्ट अफ द इयरबाट पुरस्कृत गरिएको छ। त्यस्तै शिक्षकहरू मध्ये शिक्षक अफ् द इयरबाट राजकुमार यादव र सुस्मिता दाहाललाई सम्मान गरिएको विद्यालयकी प्रिन्सिपल रिता न्यौपानेले जानकारी दिइन् ।
विद्यालयमा १० वर्षसम्म सेवा गर्ने शिक्षक करुणा विष्ट र निरन्तर ५ वर्ष सेवा गर्ने शिक्षकहरू कोपिला कर्माकार र बिन्दु खवासलाई सम्मान गरिएको छ। विद्यालय आउँदा नियमित पोसाक लगाने शिक्षकहरू विवेक दाहाल र श्रेया केसीलाई उत्कृष्ट शिक्षकको रूपमा सम्मान गरिएको छ।
न्यौपानेका अनुसार विद्यालयको सबै नियम पालना गरेको भन्दै उत्कृष्ट विद्यार्थीको रूपमा कक्षा ३ बाट ४ मा गएका विद्यार्थीले रनिङ शिल्ड प्राप्त गरेका छन् । विद्यालयले उत्कृष्ट विद्यार्थीको रूपमा आदित्य राजवंशी, ईसिका न्यौपानेलाई पुरस्कृत गरेको छ। कक्षा नर्सरीबाट एलकेजी, एलकेजीबाट युकेजी र युकेजीबाट कक्षा १ मा जाने सबै विद्यार्थीलाई प्रोत्साहन पुरस्कार, विद्यालयमा ४ जिपिए ल्याउने ५० जना, पालिकाले लिएको कक्षा ८ को परीक्षाबाट कक्षा ९ मा जाँदा ४ जिपिए ल्याउने २ जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको विद्यालयले जनाएको छ। त्यस्तै विद्यालयको अनुशासित ६ जना र नियमित पोसाक लगाएर आउने ६ जना विद्यार्थीलाई पुरस्कृत गरिएको न्यौपानेले जानकारी दिइन् ।
विद्यार्थीलाई पुरस्कृत तथा शिक्षकलाई सम्मानपछि प्रिन्सिपल न्यौपानेले आफ्नो जीवन विद्यार्थीलाई सुम्पेको २१ वर्ष पुरा भएको जानकारी गराइन् । उनले ५ हजार लगानी गरेर सुरुवात गरेको विद्यालय यहाँसम्म ल्याइ
पुर्याउदासम्म अभिभावकको ठुलो साथ र सहयोग रहेको बताइन् । ‘अभिभावक ज्युहरूमा स्मृतिमा पढाई राम्रो हुन्छ भन्ने विश्वासलाई डगमगाउन दिएका छैनौँ, उनले भनिन्, पहिलेका विद्यार्थी पढ्नुपर्छ भन्ने भावना बोकेका थिए, रिजल्ट जिपिएमा आउन थालेपछि र कोरोना पछि विद्यार्थीमा पढ्नुपर्छ भन्ने भावना विकास गर्न समय लागिरहेको छ।’ विद्यार्थीले जान्नुपर्छ भन्दा नि विद्यार्थीको नम्बर आउनुपर्छ भन्ने कुरा अभिभावकमा पर्दै जान थालेको उनको भनाई छ ।