सुनसरी । सुनसरी जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिताको उपाधिको लागि दुई चीरप्रतिद्धन्दी धरान फुटबल क्लब र राष्ट्रिय जागृति क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो सेमिफाइनलमा ब्वाइज फुटबल क्लब इटहरीलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै धरान उपाधि नजिक पुगेको हो ।
दोस्रो सेमिफाइनलमा गोधुली क्लब धरानलाई २-१ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरीले धरानसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

फाइनल खेल भोली बुधवार हुने आयोजक सुनसरी जिल्ला फुटबल संघले जनाएको छ ।
लिग विजेताले नगद ५० हजार रुपैयाँ र उपबिजेताले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
विधागत उत्कृष्ट हुनेलाई नगद ३ हजार र सर्वाधिक गोलकर्तालाई नगद ५ हजार प्रदान गरिने जनाइएको छ ।
वैशाख २६ देखि जारी लिग इटहरी र धरान क्षेत्र गरी दुई स्थानमा गरिएको हो ।