विराटनगर । नेकपा एमाले धनकुटाको अध्यक्षमा शिव आङ्ला विजयी भएका छन् । शनिवारबाट सुरु भएको जिल्ला अधिवेशनमा आङ्ला र निरेन तामाङको प्यानल बिच प्रतिस्पर्धा भएको थियो । चुनावी प्रतिस्पर्धामा आङ्लाको प्यानलै विजयी भएको छ । निर्वाचनमा  आङलाले ३१४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी निरेनले भने  २०७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा चिन्तन तामाङ विजयी भएका छन् । उनले २९४ मत पाए । यस्तै सचिवमा परशुराम नेपाल विजयी भएका छन् । नेपालले २९६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै  उपसचिवमा नैन विश्वकर्माले २९६ र तुलसी राईले २८५ मत ल्याएर विजयी भएका छन् ।  
उपाध्यक्षका उम्मेदवार मनोज राईले २०९ , सचिवका उम्मेदवार शेरबहादुर लिम्बूले १९६ र उपसचिवमा गोपाल भट्टराईले १८७ र मनकुमारी तितुङ  ले २२६ मत प्राप्त गरेका छन् । लेखा समितिका ७ जना सहित ५५ सदस्य सर्वसम्मत चयन भएपछि पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भएको थियो ।निर्वाचनमा ५ सय ४८ प्रतिनिधि सहभागी थिए ।
निर्वाचनलाई धनकुटाकाका पूर्व अध्यक्ष राजेन्द्र राई र स्थायी कमिटी सदस्य शेरधन राई बिचको प्रतिस्पर्धालाई समेत हेरिएको थियो । राजेन्द्रले निर्वाचित शिव आङ्लाको समूहलाई साथ दिएका थिए भने निरेन तामाङको सम हललाई शेरधन राईको साथ थियो ।