विराटनगर । सरकारले ल्याएको बजेटले उद्योगी व्यवसायीलाई उत्साही भई हाल्नु पर्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।  विराटनगरका उद्योगी व्यवसायीहरूले यो बजेटले आफूहरूलाई धेरै उत्साही बनाउन नसकेको बताए ।
कोरोना महामारी पछि हतोत्साही भइरहेका छौ उद्योग व्यापार खस्कँदै गएको भए पनि यस पटकको बजेट पनि उद्योग उकास्ने किसिमले नआएको बताए । यो बजेटका कारण  उद्योग धन्दाहरू न तङरिने अवस्था नआएको उद्योगी व्यपारीहरुको टिप्पणी छ । 
मोङ्ग उद्योग व्यापार सङ्गका अध्यक्ष अनुपम राठीले अघिल्लो वर्षको बजेट नारै नारामा सीमित भए पनि यस पटकको बजेटले नीति गत सुधार गर्न खोजेको बताए । उनले यस पटकको बजेटले ५ क्षेत्रलाई फोकस गरेको बताए । 
उनले भने, यस पटकको बजेट उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नमा फोकस भएको भए पनि कसरी गर्ने भन्ने विषयमा बजेटमा स्पष्टता नआएको बताए । 
राठीले बजेटमा केही नयाँ कुरा आउला भनेर आसा र अपेक्षा गरिएको भए पनि नयाँ कुरा बजेटमा आउन नसकेको बताए । 
नव प्रवर्धन कार्यक्रमका लागि भने राम्रो बजेट आएको राठीले बताए । कोशी औद्योगिक कोरिडोरलाई विस्तार गर्न विषेशक्षेत्र घोषणा गरेकोमा उनले खुसी व्यक्त गरे । उनले भने हामीले माग गरे अनुसार विशेष क्षेत्र भनेर बजेटमा आएको छ तर यसको कार्यान्वयन हुन्छ भन्नेमा शङ्का रहेको बताए । 
उद्योगी महेश जाजुले कर्जाबाटै अर्थतन्त्र धान्ने गरिको बजेट आउनु दुखद भएको बताए । सरकारले आगामी आर्थिक वर्षका लागि खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट  १२ खर्ब ६० अर्ब ३० करोड उठाउने लक्ष्य राखेको छ । 
जाजुले भने यो चुनौती पूर्ण लक्ष्य हो । उनले वैदेशिक अनुदानबाट  प्राप्त हुने भनिएको ५२ अर्ब ३३ करोड रुपैयाँ र  वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँले राजस्व परिचालन गर्न खोज्नु राम्रो सङ्केत नभएको टिप्पणी गरे । 
उनले पेट्रोल र कोइलामा हरित कर लगाउँदा मूल्य बढ्ने बताए । उनले भने, ‘बजेट सुन्दा राम्रो लागेको भए पनि चुरोट बियर बाहेक आन्तरिक उत्पादनमा अन्त शुल्क बढाउने कुरामा विरोध रहने छ ।’ उनले आन्तरिक उत्पादनमा अन्तःशुल्क बढाए चोरी निकासीलाई बढवा दिने उद्योगी जाजुले दाबी गरे । 
मोरङ उद्योग व्यापार सङ्घका निवर्तमान अध्यक्ष नवीन रिजालले यस पटकको बजेटले कृषिमा लगानी बढाउन सरकार अग्रसर भएकोमा स्वागत गरे । उनले १६ लाख पर्यटन भित्राउने लक्ष्य बजेट मार्फत सरकारले लिएकोमा कुरा स्वागत गर्दै  महिला लगानी वर्ष मनाउन योजना राम्रो भएको बताए ।  
कोशी प्रदेशलाई बजेट मार्फत औद्योगिक सहरको रूपमा अगाडि बढाउने भनिएको भए पनि १८ घण्टाको लोडसेडिङबाट कोशी प्रदेश औद्योगिक सहरको रूपमा अगाडि बढ्न नसक्ने उद्योगी नवीन रिजालले बताए । 
उनले  राजश्व उठाउने पोलिसि नभएका कारण चुनौती  भएको बताए । उनले भने,‘पोसिली नभएका कारण जेठको अन्तिम सातासम्म ६० प्रतिशत मात्रै राजश्व उठेको छ । यो पोलिसि नआए सम सरकारले जस्तो सुकै बजेट ल्याए पनि ले लक्ष्य प्राप्ती हुँदैन । ’
उद्योगी रिजालले  स्वदेशी बजार प्रवर्धनको विषयमा राज्यले नहेरेको बताए । उनले भने, ‘एक्सपोर्ट इन्सेटिभको मुद्दा यस पटकको बजेटले पनि सम्बोधन गरेन।’  
बजेट वक्तव्यमा देशको अर्थतन्त्रले फड्को मार्ने दाबी गरिएको छ । उनले भने एक दुई तीन कुन पोलिसले देशको अर्थतन्त्रमा फड्को मार्छ यो कुरा बजेटमा आएन । उनले आफूहरू हतोत्साही भएके अवस्थामा उत्साही हुने बजेट नआएको बताए । 
उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले  बजेट चुनौतीपूर्ण रहेको बताए । उनले बजेटले केही सुधारको कुरा उठाएको भए पनि कार्यान्वयन पक्षमा भर पर्ने टिप्पणी गरे । उनले भने, बजेट कार्यान्वयनमा,‘सरकार पनि स्थिर हुनु पर्दछ ।’ 
उनले बजेट सुन्दा बजेटमा राखिएका कार्यक्रम राम्रै भएको र  सबै कुरा समेट्ने कोसिस गरिएको बताए । उनले केही नयाँ राम्रा कार्यकमहरु पनि बजेटमा ल्याइएको बताए  । 
कृषि लगानीमा १० दशक घोषणा कार्यक्रम, आर्थिक सुधार सुझाव आयोग, आइटीको विकासमा स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिने, पर्यटकीय गन्तव्यको प्रोफाइल तयार पारिने, जनकपुरलाई वैडिंग हब बनाउने कुरा राम्रो भएको बताए । 
उनले विराटनगरले वर्षौँदेखि माग गर्दै आएको औद्योगिक क्षेत्र प्रदेशनी कक्ष र रिंगरोडका बारेमा यो वर्ष पनि बजेट मौन देखिएको बताए ।