विराटनगर । पक्राउ परेका विद्यार्थी रिहाइको माग राख्दै विराटनगरमा विद्यार्थीहरूले विराटनगरमा सडक अवरुद्ध पारेका छन् । मोरङको रङेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै सडक अवरुद्ध पारिएको हो ।

प्रहरीले रङेली नगरपालिकाका कार्यवाहक मेयर ढकप्रसाद ढकाल, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने लगायतलाई दुर्व्यवहार गरेको आरोपमा ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीको निर्शत रिहाइको माग गर्दै शुक्रवार दिउँसो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोसी राजमार्गअन्तर्गत विराटनगरको रोड शेषमा सडक अवरुद्ध गरेका हुन् । बिहीबार रङेली नगरपालिकाका कार्यवाहक मेयर एवं रङेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि बिहीबार विद्यार्थीले दुव्र्यवाहर गरेका थिए ।

सो क्रममा नगरपालिकामा झडप समेत भएको थियो । झडपका क्रममा ४ जना नगर प्रहरी घाइते भएका छन् । र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य सदस्य दीपक यादवसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।