इटहरी । इटहरी १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापकको स्मृतिमा वृहत स्वास्थ्य परिक्षण आयोजना गरिएको छ ।
विद्यालयका पूर्व प्रधानाध्यापक एवमं अक्षकोषदाता लोकेन्द्र प्रसाद अधिकारीको पहिलो बार्षिक पुण्य तिथिको अवसर पारेर विद्यालयमा स्वास्थ्य परिक्षण आयोजना गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गराउनुको साथै दन्त परिक्षण पनि गरिएको थियो । साना बालबालिकाहरुको लागि पनि बाल रोगका बारेमा स्वास्थ्य परिक्षण गरिएको थियो ।
कार्यक्रममा ८२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने १ सय ३१ जनाको दन्त परीक्षण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुबेदीले जानकारी दिए ।
स्वास्थ्य परिक्षण कार्यक्रमको स्वर्गीय अधिकारीका परिवारले नै समन्वय गरेका थिए । स्वर्गीय अधिकारीका धर्मपत्नी दुर्गादेवी अधिकारी, छोरा नवराज अधिकारीलगायत अधिकारी परिवारको अगुवाइमा स्वास्थ्य परीक्षण सम्पन्न गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।