इटहरी । बिमा कम्पनीहरुले समयमा दावि भुत्तानी नगरेको गुनासो आइरहदा इटहरी उपमहानगरपालिकाको वडा नम्बर ११ स्थित भुसकलुवामा दावी गरेको एक महिनामै  पशु किसानलाइ दावी भुत्तानी गरिएको छ  । 

इटहरी उपमहानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको एक कार्यक्रममा बिमा कम्पनीले पिडित किसानलाइ दावी भुत्तानीको फाइल हस्तान्तरण गरेको हो  ।

करिव एक महिना अघि स्थानिय डम्बर प्रसाद सुवेदीको गाइ गोठमा  आगलागी भएको थियो । आगलागीमा गोठमा रहेका ११  वटा गाई जलेर मरेका थिए । जस मध्ये ७ वटाको मात्र विमा गरिएको थियो । 

आगलागीमा परेर गाई सगैं सुवेदीको गोठ समेत पुर्ण रुपमा नष्ट भएको थियो । गोठको बिमा भने गरिएको थिएन् । व्यवसायिक रुपमा गाई पालन गर्दै आएका किसान सुवेदीले बिमा बापतकोे ५ लाख ३१ हजार रुपैया भुत्तानी आज प्राप्त गरेका हुन । 

3

गाई पालक किसानको समस्या केहि हद सम्म भएपनी सम्बोधन होस भनेर चाँडै भुत्तानीको व्यवस्था गरेको विमा कम्पनी दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेड इटहरी शाखाका प्रवन्धक गणेश श्रेष्ठ बताउनु भयो । 

कार्यक्रममा वोल्दै प्रबन्धक श्रेष्ठले किसानले पशुको मात्र हैन गोठको समेत बिमा गर्नु पर्नेमा जोड दिए । जसले गर्दा भवितव्य घटना भइहाले किसानले पशुसगैं गोठको समेत बिमा दावी गर्न पाउने उनले बताए ।  

कार्यक्रममा वोल्दै इटहरी ११ का वडा अध्यक्ष केशव प्रसाद कोइरालाले किसानले समयमै  बिमा रकम प्राप्त गर्नु भएकोमा विमा कम्पनीलाइ धन्यवाद दिए । स्थानिय सरकारले समेत किसानलाई राहत हुने गरी अबको बजेटमा पहल गर्ने प्रतिवद्दता जनाए । 

कार्यक्रममा बोल्दै स्थानिय युवा चण्डि गौतमले किसानले समयमै भुक्तानी पाए किसानलाई थप उर्जा मिल्ने बताए । 

यता,विमा बापतको रकम पाएपछि किसान डम्बर प्रसाद सुवेदीले भने खुशी व्यक्त गरे ।