सुनसरी । चट्याङ लागेर झापामा २ जनाको मृत्यु भएको छ ।
वर्षासँगै परेको चट्याङले आज बिहान ७ बजेको समयमा झापा कमल गाउँपालिका वडा नम्बर २ समाई गढ बस्ने वर्ष ४६ को राजन खड्का र गौरादह ८ का विकास गिरीको मृत्यु भएको हो । घरबाट खेत जाने क्रममा अचानक चट्याङमा परि घाइते भएका खड्काको उपचारको लागि आम्दा अस्पताल दमक लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै बिहान ८ बजेर ४५ मिनटमा खेतबारीमा धानको बिउ उखाल्ने क्रममा गिरीको चट्याङ लागी घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ ।