सुनसरी । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।
विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जिउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ ।
lll
सो अवसरमा सुनसरीमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । इटहरीमा आज बिहान प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको छ । इटहरी उप-महानगरपालिका, रिकोभरिङ्ग नेपाल कोसी प्रदेश, जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको संयुक्त आयोजना तथा विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा प्रभात फेरि कार्यक्रमको आयोजना गरिएको हो ।
इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवस पोख्रेलको प्रमुख अतिथ्यता भएको प्रभात फेरी बजार परिक्रमा  गरेको थियो । दिवसकै अवसरमा सुनसरी सदरमुकाम इनरुवामा सरोकारवालाहरूबिच छलफल गरिएको छ । धरानमा पनि दिउसो कार्यक्रम आयोजन गर्न लागिएको बताइएको छ ।