विराटनगर
। विराटनगरमा रहेको सास्थम कलेजले विएचएम चौथो वर्षका बिद्यार्थीहरुको लागि अमेरिकन ब्रेकफास्ट थिम कार्यक्रमको आयोजना गरेको छ । कलेजले यसलाई एक्पोजर कार्यक्रमको रुममा राखेको जनाएको छ। कलेजमा एक कार्यक्रमको आयोजना गरी अमेरिकामा बन्ने खाजाका परिकारहरू बारेमा विद्यार्थीलाई परिचित गराउने उदेश्ले कार्यक्रमको आयोजना गरेको हो । अमेरिकन कल्चरमा गरिने खानपान, त्यहाँ गरिने कार्य, त्यहाँको ब्रेकफास्ट बनाइँदा अपनाइने मापदण्डहरू प्रयोग गरेर विद्यार्थीले आफ्ना सहकर्मी, शिक्षक, अभिभावक सहित त्यहाँ पुगेका पाहुनालाई खुवाएका थिए ।
होटलहरु विश्वव्यापी मान्यताबाट चल्ने भएकोले यहाँ सिकेको सिपलाई अन्तर्राष्ट्रिय रूपमा नै प्रयोगमा आउने भएकोले देशको आवश्यकताको आधारमा विद्यार्थीलाई सिकाइने गरेको सास्थम कलेजका फुड प्रोडक्सन म्यानेजर रवि गणेशले जानकारी दिए । ‘हामीले अमेरिकन कल्चरमा ब्रेकफास्ट तयार गर्ने, सेट अप गर्ने रेस्टुरेन्टमा वितरण कसरी गरिन्छ भनेर यहाँ सिकाएका छौँ, उनले भने, गीत, सङ्गीत र नृत्यलाई पनि देखाउन खोजिएको हो ।’
कार्यक्रममा क्याम्पसका म्यानेजिङ डाइरेक्टर रोशन थापा, क्याम्पस म्यानेजर महेश्वर प्रसाद सिंह, बिएचएम कोर्डिनेटर शैलेन्द्र गणेश, बिबिए कोर्डिनेटर विनय केसी तथा क्याम्पसका व्यवस्थापन तथा प्रशासनिक म्यानेजर राजेश गुरुङले विद्यार्थीहरुको प्रशंसा गरेका थिए । कार्यक्रममा विद्यार्थीका अभिभावकलाई अतिथिको रूपमा बोलाइएको थियो ।