सुनसरी । सुनसरीको इटहरीस्थित ग्रिन पिस नमुना स्कुलकी विद्यार्थी लोरिम आङबुहाङ लिम्बुले एसइई परीक्षामा ४.० जिपिए ल्याएर जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी छन् ।
ग्रीनपिस स्कुलबाट एसइई दिएका ८१ जना सहभागी विद्यार्थीहरू मध्ये लोरिमले ४.० जिपिए ल्याएकी हुन ।
उनले प्राप्त गरेको उक्त प्राप्ताङ्क जिल्लाकै उत्कृष्ट भएको विद्यालयको दाबी छ ।
उक्त स्कुलबाट  २८ जनाले ए प्लस, ४५ जनाले ए र ८ जनाले बी प्लस ग्रेड ल्याएको विद्यालयले जनाएको छ ।