इटहरी । गीतकार मिश्रा गुरुङले नयाँ गीत बजारमा ल्याएकी छिन्  । यस अघि दुई वटा गीत बजारमा ल्याएकी गुरुङले आफ्नो तेस्रो गीत सुम्निमा रानी बजारमा ल्याएकी हुन । 
सुम्निमा रानीलाई गायक परेस राईले स्वर दिएका छन् भने सङ्गीतकार सुरेश अधिकारीले सङ्गीत भरेका छन् । गीतमा महाराज थापाको एरेन्ज रहेको छ । ।  
क्यास म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गीतको म्युजिक भिडियोलाई दर्शकले मन पराएका छन् । गीतको बोल अनुसार नै सुम्निामा पारुहाङको शैलीमा कथाको विषयवस्तुलाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । 
क्रिस गुरुङ र नुमा मावो लिम्बुको अभिनय रहेको म्युजिक भिडियोलाई भूपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन भने उनले नै निर्देशन पनि गरेका छन् । म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् । 
यस अघिका दुई वटा गीतहरू सफल भएपछि तेस्रो गीत बजारमा ल्याएको गीतकार मिश्रा गुरुङले बताइन् ।
 गीत तथा कविता लेखिरहने मात्रै हुन्थ्यो तर दर्शकले गीत रुचाए पछि अर्को गीत पनि बजारमा ल्याएको उनले जानकारी दिइन् । अघिल्ला गीत जस्तै यो गीतलाई पनि दर्शकले मन पराउने अपेक्षा लिएको उनले बताइन् ।  
sumnima