सुनसरी । फुङलिङ नगरपालिकाका सवइञ्जिनियर (छैटौं तह) मो अख्तर हुसैन एक लाख घुस रकमसहित सोमबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

       खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस (रिसवत) मागिरहेको भन्ने सूचनाका आधारमा इटहरीबाट टोली खटिएको र घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । इन्जिनियर हुसैनले फुङलिङ नगरपालिका-२ तारेबुङ क्षेत्रमा निर्माणाधीन रङ्गशालाको कामबाट रकम मागेको निर्माण ब्यवसायी विरवहादुर तामाङले बताए।