इटहरी । जनता स्कुलको कक्षा ११ र १२ मा विज्ञान विषयमा आकर्षण बढेको छ । कक्षा १० सम्म सिट क्षमताको तीन गुणा विद्यार्थीले फर्म भरेको जनता स्कुलमा कक्षा ११ र १२ मासमेत विद्यार्थीहरुको आकर्षण तीव्र रहेको विद्यालयले जनाएको छ । 

‘केही दिनयता मात्र दर्जनौं विद्यार्थी र अविभावक पढाइबारे बुझ्न आउनुभएको छ,’ प्रिन्सिपल पशुपति सिग्देलले भने, ‘विद्यार्थी र अविभावकहरुको यो आकर्षणले हामीलाई उत्साहित बनाएको छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले यो वर्ष कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना लिने गरी तयारी पुरा भएकोले अझै केही विद्यार्थीको लागि सिट खाली रहेको बताए । उनले विद्यार्थी र अविभावकको आकर्षणसँगै पुर्वाधार विकास अनि गुणस्तर सुधारलाई सँगसँगै लगिएकोले विद्यार्थीहरुको आकर्षण बढेको जानकारी दिए । 

विद्यालयले यो वर्षदेखि ९ कोठाको सुविधासम्पन्न साइन्स ल्याब सञ्चालनमा ल्याउँदैछ । कम्प्युटर ल्याब, लाइब्रेरीहरु यसअघि नै सञ्चालनमा आइसकेको छ । विद्यालयमा शिक्षा, मानवीकी, कम्प्युटर साइन्ससहितको व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुन्छ ।

५ वर्षअघि १२ वटा कक्षा कोठाको विद्यालय अहिले ७६ वटा कोठामा विस्तार भएको छ । यस्तै ३२ जना शिक्षकशिक्षिका तथा कर्मचारी रहेकोमा अहिले १४८ जना पुगेका छन् । विद्यार्थी पनि ७७४ जनाबाट बढेर अहिले तीन हजार २०० भन्दा बढी छन् । 

विद्यार्थी आवतजावतका लागि तीन वटा बस छन् । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुने गरेको छ । कक्षा कोठाहरु प्रोजेक्टर, डिजिटल बोर्डसहित अत्याधुनिक र व्यवस्थित रहेको र सुविधाको हिसाबमा कुनै कमी कमजोरी नभएको विद्यालयका शिक्षक शिवराज दाहाल बताउँछन् । यस्तै शिक्षकहरुसमेत दक्ष र अनुभवी रहेको उनले बताए ।

एसइइमा उत्कृष्ठ नतिजा ल्याएको दावी

जनता माविले कोशी प्रदेशमै एसइइमा उत्कृष्ठ नतिजा ल्याएको दावी गरेको छ । 

स्कुलका सहभागि विद्यार्थीमध्ये १४४ जनाले ३।२१–४ जीपीए प्राप्त गरेका छन् भने ४२ जनाले ३।६१–४ जीपीए र १२२ जनाले ३।२१–३।६ जीपीए ल्याएको प्रिन्सिपल  सिग्देलले जानकारी दिए ।

यो संख्यामा उत्कृष्ठ नतिजा ल्याउने जनता स्कुल पहिलो भएको दावी गरिएको छ । 


j school


नजी ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क कोचिङ

यसैगरी जनता स्कुलले सामुदायिक विद्यालयबाट एनजी प्राप्त गरेका विद्यार्थीहरुलाई निःशुल्क कोचिङ पढाउने भएको छ । पुरक परिक्षाको तयारीका लागि कक्षा सञ्चालन गर्ने भएको हो । 

जुनसुकै सामुदायिक विद्यालयका विद्यार्थीहरुले एनजी ल्याएको भए जनता माविको निःशुल्क कोचिङमा सहभागि हुन सक्ने दंगालले बताए । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि सामाजिक दायित्वअन्तर्गत विद्यालयले यस्तो कार्यक्रम अघि बढाएको हो । यसअन्तर्गत विज्ञान, गणित, ऐच्छिक गणित र ऐच्छिक अर्थशास्त्र विषयमा कोचिङ कक्षा सञ्चालन गरिनेछ ।

विद्यालयका प्रिन्सिपल र अध्यक्षलाई अन्तर्राष्ट्रिय अवार्ड

विद्यालयले केही समयअघि प्रदेश सरकारबाट सुनसरीको नमुना विद्यालयको रुपमा पुरस्कारसमेत जितेको थियो । यसैगरी दंगाललाई केही दिनअघि कम्बोडियामा बेस्ट मेनेजमेन्ट स्कुल अफ दि इयर अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको थियो । यस्तै सिग्देललाईसमेत एजुकेसनल पर्फर्मेन्स २०२४ अवार्डबाट सम्मानित गरिएको थियो । जनता स्कुलको राम्रो व्यवस्थापन र राम्रो शैक्षिक कार्यक्रम सञ्चालन गरेवापत दंगाल र सिग्देलले यो सम्मान पाएका हुन् ।