सुनसरी । निरन्तरको वर्षा पछि सप्तकोसी नदीमा अत्यधिक बहाव भइरहेको छ ।
कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार कोसी ब्यारेज भएर शनिवार दिउसो २ लाख ७२ हजार ४ सय ८५ क्युसेक पानी मापन गरिएको छ। पानीको बहाव अत्यधिक भएपछि कोसी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ ।
बहाव उच्च भएसँगै सप्तकोसी नदीको बिचमा रहेको गोबर गाढा गाउका बासिन्दा घेरिएका छन् ।