विराटनगर । विराटनगरमा रहेको पोखरिया माध्यमिक विद्यालयले कक्षा ११ को परीक्षामा विद्यार्थीको आकर्षण थप बढ्दै गएको छ । शनिवार भएको प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरूको सङ्ख्याले विद्यार्थीको आकर्षण थप बढेको देखाएको छ।  विद्यालयले शनिवार लिएको कक्षा ११ को प्रवेश परीक्षामा ४९६ जना विद्यार्थी सहभागी भएका छन्  । विज्ञान विषयको प्रवेश परीक्षामा २१२ र व्यवस्थापन संकायको प्रवेश परीक्षामा २८४  गरी पहिलो चरणको प्रवेश परीक्षामा ४९६ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए । 
class 111पोखरिया माध्यमिक विद्यालयले विराटनगरका ठुला बोर्डिङ स्कुललाई चुनौती दिएको छ । गत बर्ष विद्यालयले लिएको प्रवेश परीक्षामा विज्ञान विषयमा १२५ र व्यवस्थापन विषयमा २६२ जना विद्यार्थी सहभागी रहेका थिए ।  अभिभावकको आकर्षण पोखरिया माध्यमिक विद्यालयमा बढ्दै जाँदा सहज भर्ना पाउन समस्या हुँदै आएको छ।  विद्यार्थीको चापलाई ध्यानमा राखेर हरेक बर्ष भर्ना कोलागि निश्चित सङ्ख्या तोकेर भर्ना लिँदै आएको छ ।

विद्यार्थीको आकर्षणको आधारमा गुणस्तर कायम गर्ने चुनौतीलाई ध्यान दिएर पठन पाठन हुँदै आएको प्रअ भट्टराईले जानकारी दिए ।