इटहरी । नेपालबाट प्रतिनिधित्व गर्दै इटहरीका विद्यार्थीहरूले भारतमा भएको प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उपाधि जितेका छन् ।
भारतको सिलिगुरीमा आयोजित प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो फेस्टको ४१ किलो तौल समूहमा जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सिम्रन राई प्रथम भएकी छिन् ।
३७ किलो तौल समूहको प्रतियोगितामा पनि सिम्रनले दोस्रो स्थान हाँसिल गरेकी थिइन् ।
यस्तै इटहरीको कस्तुरी एकेडेमीबाट प्रतियोगितामा सहभागिता जनाएका दुई विद्यार्थीले सब जुनियर महिला तर्फ तेस्रो पटक जितेका छन् ।
कस्तुरी एकेडेमीकी कक्षा ६ मा अध्ययनरत विशेष्ता सत्याल र कक्षा ९ मा अध्ययनरत सुहाना लिम्बु तेस्रो पदक जितेको तेक्वान्दो प्रशिक्षक प्रसन्न तिम्सिनाले जानकारी दिएका छन् ।
जुन २९ देखी ३० सम्म गोर्खा हिल तेक्वान्दो एसोसिएसन, सिलिगुरी तेक्वान्दो एकेडेमी, बङ्गाल तेक्वान्दो एसोसिएसन र दिल्ली पब्लिक स्कुल सिलिगुरीको आयोजनामा प्रतियोगिता आयोजना भएको हो ।
नेपालबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएका इटहरीका विद्यार्थीहरूले पदक जित्न सफल भएको तेक्वान्दो प्रशिक्षक तिम्सिनाले जानकारी दिए ।