सुनसरी । इटहरी लेडि जेसिजको आयोजनामा गत शनिवारदेखि सुरु जेसिज सप्ताह अन्तर्गत आज लागुऔषध विरुद्धको सचेतना कार्यक्रम गरिँदै छ ।
इटहरी १० मा हुने सचेतना कार्यक्रम इलाका प्रहरी कार्यालय इटहरीको समन्वयमा हुने इटहरी लेडि जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले जानकारी दिनुभयो । जेसीज सप्ताह अन्तर्गत बुधवार इटहरी १५ मा स्वास्थ्य शिविर आयोजना गरिनेछ । बिहीबार ख्याति प्राप्त उद्योगी तथा ब्यवशायीहरुको सहभागितामा बिजनेस सेयरिङ आइडिया कार्यक्रम आयोजना गरिने काफ्ले जानकारी दिनुभयो ।
jci1
असार २९ गते भानु जयन्तीको अवसर पारेर समापन हुने सप्ताहमा साहित्यिक कार्यक्रम आयोजना गरिने बताइएको छ । इटहरी काव्य साँझ कार्यक्रममा पूर्वका प्रतिष्ठित कविहरूको सहभागितामा हुने साहित्यिक कार्यक्रममा कवि कुन्ता शर्मालाई नगद सहित सम्मान गरिने काफ्लेले जानकारी दिनुभयो ।
यसअघि गत शनिवार सुरु भएको कार्यक्रममा नेपालको अर्थ तथा परराष्ट्र नीति र यसको प्रभाव विषयक विमर्श गरिएको थियो । आइतबार करियर काउन्सेलिङ र सोमबार इटहरी स्थित कबीर स्कुलमा प्राथमिक उपचारको लागि एक थान बेड हस्तान्तरण गरिएको थियो ।