इटहरी । इस्कोन इटहरीले जगन्नाथ रथयात्रा निकाल्ने भएको छ । आगामी असार २९ गते इटहरीमा  दोस्रो जगन्नाथ रथयात्रा निकाल्ने इस्कोन इटहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 
भगवान् जगन्नाथ, बलदेव र सुभद्रालाई रथारोहण गराइ, भजनकिर्तन,विभिन्न झाँकी सहितको रथले इटहरी नगरको परिक्रमा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यस अघि २०८० सालमा पहिलो जगन्नाथ रथयात्रा आयोजना गरेको इस्कोनले यस वर्ष पनि निरन्तरता दिने जनाएको छ । 
रथयात्रा इस्कोन इटहरीको कार्यालय हटिया लाइनबाट सुरु भई मुख्य चौक हुँदै पश्चिम लाइनको एपेक्स हस्पिटल सम्म पुग्नेछ । त्यहाँबाट घुमेर पुन धरान लाइनमा गोरखा डिपार्टमेन्ट स्टोर हुँदै मुख्य चौकबाट पूर्व लाइनको मिलन चौक सम्म पुग्नेछ । मिलन चौकबाट हटिया लाइन हुँदै राधाकृष्ण शिव मन्दिर परिसरमा पुगेर समापन गरिने इस्कोन इटहरीले जानकारी दिएको छ । 
रथयात्राका लागि देशका विभिन्न स्थानहरूबाट भक्तजनहरू इटहरी आउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । करिब १० हजार मानिसको उपस्थिति हुने इस्कोन इटहरीले जनाएको छ । 
भारतको उडिसामा आयोजना हुने वृहत् जगन्नाथ रथयात्रा भएको लगत्तैको शनिवार पारेर इटहरीमा रथयात्रा गर्ने गरिएको इस्कोन इटहरीले जानकारी दिएको छ ।