विराटनगर । ताप्लेजुङलाई केन्द्रविन्द बनाएर भुकम्प गएको छ । मध्य राती ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बुधबार बिहान १.४६ बजेको सममा भुकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन गरिएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।