धनकुटा । जंगली च्याउ खाएर धनकुटामा एकै परिवारका सातजना बिरामी भएका छन् ।

बिरामी हुनेमा धनकुटाको सहिदभूमि गाउँपालिका ७, गैरीटोलकी ६३ वर्षीया इन्द्रकमला राई, ५५ वर्षीया दिलमाया राई, ३६ वर्षीया टेकमाया राई, ३९ वर्षीया मदनकुमारी राई, ४१ वर्षीय थमनसिंह राई, १८ वर्षीय हेमन राई र १९ वर्षीया यमुना राई छन् ।

बिरामी सबैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको धनकुटा प्रहरीले जनाएको छ ।