काठमाडौं । स्पेनले चौथो पटक युरो कप फुटबलको कीर्तिमानी उपाधि जितेको छ । गएराति जर्मनको बर्लिनमा सम्पन्न भएको फाइनल खेलमा इंग्ल्यान्डलाई २-१ ले हराएर स्पेन च्याम्पियन बनेको हो ।

बर्लिनको ओलम्पिक रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ४७ औँ मिनेटमा नै लमिन यमालले उपलब्ध गराएको पासमा निको विलियम्सले बक्सको बायाँ साइडबाट गोल गरे । तर ला रोजाले यो अग्रतालाई जोगाउन सकेन । 

खेलको ७२ औँ मिनेटमा बुकायो साकाले बेलिङ्घमलाई उपलब्ध गराएको क्रस बेलिङ्घमले ब्याक पास दिएपछि कोलपाल्मरले बक्स बाहिरबाट गोल गरेका हुन् । यो सुन्दर गोलसँगै खेल १-१ को बराबरीको स्थितिमा पुगेको हो । यो गोलसँगै खेल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो । तर इंग्ल्यान्डले स्पेनको आक्रमणलाई रोक्न सकेन । 

निर्धारित समयको चार मिनेट बाँकी रहँदा मिकेल ओयरजबालले गोल गरे । डिफेन्डर कुकुरेयाले फ्ल्यांकबाट दिएको पासमा ओयरजबालले गोल गरेपछि स्पेन युरो कपकै सवौधिक शृंगारिक टिम बनेको हो । इंग्ल्यान्ड भने लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ । 

सन् २०२१ मा घरेलु मैदानमा सम्पन्न भएको फाइनलमा पनि इंग्ल्यान्ड इटालीसँग पराजित भएर उपाधिबाट वञ्चित भएको थियो । यता स्पेनले १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो । इंग्ल्यान्डले भने युरो कप जित्न सकेको छैन । उसले ५८ वर्ष लामो उपाधिको खडेरी तोड्न सकेन ।