काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर आंशिकदेखि साधरणतया बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशभरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।