धनकुटा । धनकुटामा सीमान्तकृत आठपहरिया सङ्ग्रहालय निर्माण गरिएको छ ।

सङ्घीय सरकारको विशेष अनुदान र धनकुटा नगरपालिकाको २ करोड ८ लाख रुपैयाँको लागतमा धनकुटा सदरमुकामको बिहीबारे हटियामा आठपहरिया सङ्ग्रहालयका लागि पूर्वाधार तयार गरिएको हो ।

आठपहरिया जातिको मौलिक डिजाइनमा तयार पारिएको सङ्ग्रहालयमा उनीहरूको संस्कार-संस्कृति, भेष भूषा, वाद्यवादन, गरगहना तथा पुरातात्त्विक चिज बस्तु संरक्षण गरी प्रदर्शन गर्ने उद्देश्य छ ।

आवश्यक व्यवस्थापकीय काम सकेर आगामी बर्षबाट सङ्ग्रहालय सञ्चालनमा ल्याइने धनकुटा नगरपालिकाले जनाएको छ ।