सुनसरी । साउनको पहिलो सोमबार आज धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा जल चढाउन बोल बम भक्तजनहरूको घुइँचो लागेको छ । विगतका वर्षहरूमा पहिलो सोमबार जल चढाउने गेरुवस्त्रधारी भक्तजनहरूको संख्या न्यून हुने र अन्तिम दुई सोमबार मात्र भीड हुने गरेको थियो ।bolbom2

तर, यो वर्ष भने सुरुवाती दिनहरूमा नै उल्लेख्य मात्रामा बोल बम तीर्थयात्रीहरू जल चढाउन आएको पिण्डेश्वर बाबा धाम समितिले जनाएको छ ।

bolbom

प्रत्येक वर्ष साउन महिनामा धरानको पिण्डेश्वर मन्दिरमा बोल बम धार्मिक मेला नै लाग्ने गरेको छ । साउन महिनाभरिमा चतरास्थित सप्तकोसी नदीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउन र दर्शन गर्न नेपालको विभिन्न जिल्ला सहित भारत र भुटानबाट समेत भक्तजनहरू आउने गरेका छन् ।