सुनसरी । इटहरी १६ मा रहेको राम जानकी शान्ति वृद्ध आश्रममा आश्रित बृद्धाहरुलाई फलफूल वितरण गरिएको छ ।
लायन्स क्लब अफ इटहरी र जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा आश्रममा आश्रित बृद्धाहरुलाई फलफूल तथा जुस वितरण गरिएको हो ।
54ef355d-a334-4ce3-83dc-5aee4661faf0
क्लब र संघले आश्रममा आश्रय लिइरहेका वृद्धाहरूका लागी गुरु पुणर्िमाको अवसरमा फलफूल तथा जुस उपलब्ध गराएको लायन्स क्लब अफ इटहरी र जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेज बहादुर पुरीले जानकारी दिए ।
ffff
कार्यक्रममा लायन्स क्लबका रिजन चियर पर्सन पितम्बर पोख्रेल प्रमुख अतिथि रहेका थिए ।
04462a1c-ea1a-41b0-a767-6569a0eff381
उक्त कार्यक्रममा लायन्स क्लबका जोन चियरपर्सन टंक फुयाँल , पुर्बध्यक्ष दिनेश भट्टराई , विमल पौडेल , फस्ट भिपि  डम्बर बस्नेत , सेकेन्ड  भिपि बम मानन्धर, थर्ड भिपि जीवन न्यौपाने, सचिव पेशल लम्साल ,संघका कोषाध्यक्ष प्रकाश महतो , सदस्य बाबुराम गिरि ,सागर  अधिकारी  लगायतका पदाधिकारीहरूको सहभागिता रहेको पुरीले जानकारी दिए ।
5431ae31-60e5-40cf-9077-cb24f6c5fac7