सुनसरी । तेस्रो संस्करणको तरहरा कोरा साइक्लिङ आगामी शनिवार हुने भएको छ ।
तरहरा साइकलिङ्ग क्लबको आयोजनामा हुने कोरा साइक्लिङमा ५ सय भन्दा बढी साइकल चालकहरूको सहभागिता हुने बुधवार बिहान आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सिनियरको लागि २५ किलोमिटर दुरी हुने छ भने जुनियर राईडर्सका लागि १० किलोमिटरमा हुने तरहरा साइक्लिङ क्लबका सचिव बहादुर तामाङले जानकारी दिए । इटहरी २० स्थित तरहरा चौकबाट बिहान सुरु हुने कोरा स्थानीय शिव मन्दिर, गोल्डेन चोक, बि एन्ड बि चोक, गुरुङ गुम्बा, यलम्बर चोक, इमो लाइन, सहमति चोक , हिमशिखर स्कुल, सुन्दर टोल, धरान रोड, पानी पिया, देविथान चोक, चर्च रोड, राई टोल, शिव मन्दिर चोक, हुँदै पर्यटकीय क्षेत्र हुँदै ताल तलैया पुग्नेछ । त्यहाँबाट भेटघाट चोक, प्रणामी मन्दिर, इटहरी उपमहानगरपालिकाको कार्यालय, आर्मी क्याम्प, हलगडा चोक, जननायक बिपी रोड, भवानी चोक, फुजिशान स्कल, सामुदायिक वन कार्यालय, तामाङ गुम्बा हुँदै बहुभाषी स्कुल पुगेर समापन हुने तामाङले जानकारी दिए । 
     जुनियरको लागि भने तरहरा चोकबाट सुरु भई  शिव मन्दिर, गोल्डेन चोक, बि एन्ड बि चोक, गुरुङ गुम्बा, यलम्बर चोक,इमो लाइन, सहमति चोक, हिमशिखर स्कुल, सुन्दर टोल, धरान रोड, तरहरा चोक, धनपुरी रोड, जनसहयोग मावि, महुलिया रोड, पश्चिम रोड, भवानी चोक फुजिशान स्कल, भवानीपुर बास्केटबल खेल्ने मैदान, एकता टोल, नयाँ टोल हुँदै सामुदायिक वन कार्यालय, तामाङ गुम्बा बहु भाषी स्कुल पुगेर समापन हुने क्लबका अध्यक्ष रमेश भण्डारीले जानकारी दिए । कोरा राइडमा सुनसरी तरहरा, धरान, इटहरी, उदयपुर, गाईघाट, बिर्तामोड झापा, विराट चोक, पथरी, विराटनगर इनरुवा लगायतका ठाउँबाट साइक्लिष्टहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । 
       यस वर्ष पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साथै तरहरा आसपास क्षेत्रका सामुदायिक एवम सहकारी स्कुलहरूमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकाहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिन लागिएको आयोजकको भनाई छ ।