धनकुटा । धनकुटामा बिहीबार भएको आगलागीबाट तीनघर जलेर नष्ट भएका छन् ।

महालक्ष्मी नगरपालिका ५ रामबजार नजिक भएको आगलागिबाट स्थानीय श्रीचन बुढाथोकि, सूर्यबहादुर श्रेष्ठ र देवीप्रसाद खड्काको घर जलेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । प्रारम्भिक जानकारी अनुसार विद्युत् सर्टबाट आगलागी भएको चौधरीले बताए ।