धनकुटा- वर्षासँगै परेको चट्याङ लागेर पाख्रिबास नगरपालिका ६ छर्छरेटोलस्थित बस्नेत डाडमा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय गणेश बहादुर कार्की रहेको प्रहरीले जनाएको छ । बुधवार राति साढे १० बजे घरमा सुतिरहेका बेला चट्यांङ लाग्दा कार्कीको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

चट्याङबाट घरमा सामान्य क्षति पुगेको भने विद्युत सर्ट समेत भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए।