सुनसरी । बंगलादेशमा आन्दोलन चर्किएर सत्ता नै उलटपुलट भएपछि नेपालको पूर्वी नाकामा सुरक्षा सतर्कता बढाइएको छ ।

बंगलादेशबाट नेपाल प्रवेश गर्ने सबैभन्दा नजिकको नाका काँकटभिट्टासँगै भद्रपुर, गौरीगञ्जलगायत नाकामा सुरक्षा सतर्कता बढाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । भारतीयको भेषमा बंगलादेशीहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयको निर्देशनमा सुरक्षा निगरानी बढाइएको हो ।

बंगलादेशको फूलबारी नाका हुँदै विस्थापितहरु नेपाल प्रवेश गर्ने सम्भावना बढेपछि सुरक्षा सतर्कता उच्च पारिएको गृह मन्त्रालयले जनाएको छ ।

बोर्डर आउट पोस्टहरूमा समेत थप जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । विशेषगरी कोशी, मधेश र लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर सुरक्षाकर्मी परिचालन गरिएको हो ।