सुनसरी । ३० औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा अल्पसंख्यक उराव जातीलाई उनीहरूले बजाउने मानर डिगा बाजा वितरण गरिएको छ ।
सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाले दुई दर्जन टोलीलाई उनीहरूको सांस्कृतिक सामाग्री मानर डिगा वितरण गरेको हो । आदिबासीहरुको सांस्कृतिक पहिचान तथा सो सँग संरक्षण जगेर्ना तथा बद्धी विकास कार्यक्रम अन्तर्गत उराव जातीको लागि मानर डिगा हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद मियाले जानकारी दिनुभयो ।
baja bitaran
तराईको भूमि खेतीयोग्य बनाउन जंगल फडानी गरेर बसोबास गर्दै आएको जाति मध्येको उराव एक हो । शिक्षा र स्वास्थ्य अभावका कारण पछि पर्दै आएको यो जाति सुनसरीमा ४० हजारको हाराहारीमा रहेका छन् ।
सुनसरीको १२ स्थानीय तहमध्ये भोक्राह नरसिंह गाउँपालिकामा उनीहरूको बढी बसोबास रहेको छ ।
भोक्राह नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता उराव यसै समुदायबाट निर्वाचित भएकी हुन ।