विराटनगर । कोश प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले काङ्ग्रेसले विलम्ब गरेका कारण सरकार विस्तार हुन नसकेको बताएका छन् । पत्रकार सङ आज भएको अन्तर संवादमा मुख्यमन्त्री कार्कीले सरकार विस्तारमा अझै २-४ दिन समय लाग्ने बताए । उनले भने आज पनि कुरा भएको थियो उहाहरुले अझै समय माग गर्नु भएको छ ।

नेपाली काङ्ग्रेससँग राष्ट्रिय आवश्यकताका कारण सहकार्य भएको भन्दै आन्तरिक कुरा मिलाउन काङ्ग्रेसले समय माग गरेको बताए । उनले बजेट पास भए पनि गति लिन नसकेको बताए । उनले सरकार विस्तार भएपछि सरकारको काम नयाँ चरणमा प्रवेश गर्ने बताए । नेपाली काङ्ग्रेसले निर्णय गरेकै दिन सरकारले पूर्णता पाउने मुख्यमन्त्री कार्कीले बताए । उनले सरकारले १ सय दिनमा उल्लेख्य प्रगति गरेको बताए । उनले भने यो अवस्थामा पनि हामीले काम केही काम गरेका छौ ।

यसका बारेमा चाडै सार्वजनिक गर्छौ । काङ्रेसले सरकार विस्तारका लागि समय मागेकाले पनि सम्सद बोलाउन नसकेको बताए । मन्त्रालय बाडफाडमा कुरो मिलेको भएकाले मन्त्रालयको सङ्ख्या नबढाउने बताए उनले भने बढाउनै परे ११ भन्दा बढी मन्त्रालयको सङ्ख्या नहुने दाबी गरे । उनले बजेटमा केही समस्या देखिए पनि यसलाई मिलाएर जाने बताए । काङ्ग्रेस सरकारमा आएपछि बजेटमा संशोधन गरिने कार्कीले बताए ।