सुनसरी । बङ्गलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्धभाव कायम राख्न सुनसरीमा सरोकारवाला पक्षबिच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा सोमबार भएको सर्वपक्षीय बैठकमा विभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूबिच भएको सर्वपक्षीय बैठकमा धार्मिक सहिष्णुता कायम राख्न आ-आफ्नो ठाउँबाट भूमिका खेल्ने सहमति भएको हो । बैठकले धार्मिक सद्भाव र सहिष्णुता कायम राख्नको लागि सवैपक्षलाई सार्वजनिक आव्हान समेत गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । परम्परागत चाडपर्व मनाउने देखी बाहेक प्रशासनको अनुमतिबिना विभिन्न किसिमका धार्मिक भेला तथा सभा समेत नगर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।
IMG_5411
बैठकले सुनसरीको धरान लगायतको क्षेत्रमा पछिल्लो समय भइरहेको गतिविधिबाट सामाजिक सद्धभाव खलबलिन नदिन आगामी साता धार्मिक सद्धभाव र्‍याली निकालिने निर्णय समेत गरेको छ । जिल्ला समन्वय समिति सुनसरीका प्रमुखको नेतृत्वमा निकालिने र्‍यालीमा विभिन्न धर्मका धर्मगुरु, सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाज लगायत विभिन्न क्षेत्रका अगुवाहरूको सहभागिता रहने बताइएको छ । 
    बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न नेपालका विभिन्न ठाउँमा प्रदर्शन भएपछि आव्हान गरिएको बैठकमा प्रशासनले सीमा क्षेत्रमा विशेष निगरानी गर्ने तथा कुनै पनि तेस्रो मुलुकका नागरिकको प्रवेशमा कडाइ गर्ने सहमति भएको छ । सुनसरी प्रशासनले सामाजिक सद्धभाव भड्किन नदिन सामाजिक सञ्जालमा जथाभाबी लेख्ने विरुद्ध अनुसन्धान तथा कार्यवाही पक्रिया अघि सुरु गरिसकेको प्रतिअ तिवारीले जानकारी दिए ।