इटहरी । इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न मोबाइल मर्मत सेन्टर सञ्चालनमा आएको छ । मोबाइलका विभिन्न विशिष्ठ सेवा सहितको दर्शन मोबाइल सेन्टर सञ्चालनमा आएको हो । 

अत्याधुनिक मेसिन र उपकरणले इटहरीमा सबैखाले मोबाइल मर्मत हुने जनाएको छ । सेन्टरको उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष भिम बहादुर पौडेलले बुधबार उद्घाटन गरेका हुन् । 

उद्घाटनको अवसरमा टेम्पर ग्लास निःशुल्क फेर्ने अवसर सार्वजनिक भएको छ । साउन ३० गते देखि एक महिनासम्म पसल भ्रमण गर्ने ग्राहकलाई एयर वड र नेक ब्यान्ड पनि निःशुल्क उपहार दिने योजना ल्याएको हो ।  

आज देखि २ हजार जनालाई कुनै सामान खरिद नगरेपनि टेप्पर ग्लास फेरिने सञ्चालक सहदेव खड्काले बताए । उनका अनुसार सुरुमा १ सय जनालाई म्याक ब्यान्ड र ५० जनालाई निःशुल्क एयर बड उपलब्ध गराइने भएको छ । पसल भ्रमण गर्ने जो कोहीले पनि लक्की ड्रमा सहभागी हुन पाउने व्यवस्था मिलाइएको खड्काले जानकारी दिए । लक्की ड्र मार्फत स्कुटर उपहार प्रदान गर्न लागिएको उनको भनाइ छ ।  

अर्का सञ्चालक रामचन्द्र खड्काले अत्याधुनिक ल्याब र उच्च प्रविधि प्रयोग गरेर मोबाइल मर्मतको व्यवस्था मिलाइएको बताए । मोबाइल एक्सचेन्ज अफर मार्फत आइफोन लगायत सम्पूर्ण कम्पनीका फोन एक्सचेन्ज गरिने उनको भनाइ छ । 

पसलको उद्घाटन गर्दै महासंघ उपाध्यक्ष पौडेलले युवा व्यावसायिहरूको ऊर्जा र मेहनतले इटहरीको बजार थप चलायमान हुने विश्वास व्यक्त गरे । लामो समय देखी सुस्त रहेको बजार बिस्तारै बढ्न थालेको बताउदै उनले युवाहरूमा व्यावसायिक सोच हुनु सकारात्मक भएको बताए ।

mobile store (1)