सुनसरी । बिद्यालयस्तर देखिनै खेलाडी उत्पादन गर्ने उदेश्वले इटहरीमा जारी ग्रासरुट क्याम्पका सहभागी खेलाडीहरूलाई जनता मावि इटहरीबाट २०४३ सालमा एसएलसी दिएका पूर्व बिद्यार्थीहरुको समूहले निःशुल्क खाजा वितरण सुरु गरेको छ । 
   इटहरी रङ्गशालामा शनिवार बिहान एक कार्यक्रमका बिच जनता स्कुलबाट २०४३ सालमा एसएलसी दिएका पूर्व बिद्यार्थीहरुले ६ हप्ताको लागि नास्ता व्यवस्थापन गरेका हुन । राष्ट्रिय जागृति क्लब सहित इटहरी फुटबल क्लब र द ब्वाइज क्लबले सञ्चालन गर्दै आएको ग्रासरुट कार्यक्रममा सहभागी खेलाडीहरूलाई अबको ६ हप्तासम्म नास्ताको व्यवस्था गरिएको हो ।
masta
सहभागी खेलाडीहरूलाई स्वर्गीय सुरेश राई र स्वर्गीय कुन्दन देवानको सम्झनामा खाजाको व्यवस्था गरिएको जनता मावि २०४३ साल एसएलसी ब्याजी समूहका पूर्व विद्यार्थी रोहित प्रसाईँले बताए । इटहरीका फुटबल प्रेमी तथा फुटबलकर्मी केशव कार्की, अनुरोध थापा, प्रकाश कोइराला लगायतको आग्रहमा आफूहरूले खेलाडीहरूको क्षमता अभिबृद्धीको लागि खाजाको प्रबन्ध सुरु गरेको प्रसाईँले जानकारी दिए । अखिल नेपाल फूट्बल संघ एन्फाले ५ वर्षअघि सुरु गरेको फुटबलको आधारभूत तह मानिने ग्रास रुट अहिले इटहरीका यी क्लबहरूले सञ्चालन गरिरहेका छन् ।
nasta1
एन्फाको आर्थिक सहयोग रोकिएपछि इटहरीका यी क्लबहरूले सुरु गरेको ग्रासरुट कार्यक्रमले शनिवार ५३ औँ हप्ता पार गरेको राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम जनले जानकारी दिए । इटहरीमा ५३ हप्ता देखी चलेको ग्रासरुट फुटबल क्याम्पमा सुनसरी र मोरङका २ सय बढी बालबालिका सहभागी छन् । प्रत्येक दिन बुधवार देखि शुक्रवार बेलुका साढे ४ बजे देखी साढे ६ सम्म र शनिवार बिहान साढे ६ देखी साढे ८ बजे सम्म सञ्चालन हुने कार्यक्रममा सहभागी बालबालिकाहरूलाई फुटबलका आधारभूत सीपहरू सिकाइने मुख्य प्रशिक्षक एवंम राष्ट्रिय महिला टिमका सहायक प्रशिक्षक श्याम मानन्धरले जानकारी दिए ।
nasta2
फुटबल क्षेत्रमा लामो समय व्यतीत गरेका मानन्धरले आफूले सिकेको सीप तथा कलाको माध्यमबाट बालबालिकालाई सिकाए भविष्यमा प्रतिभा वान खेलाडी बनाउने आफूहरूको योजना रहेको सुनाए । सुनसरी र मोरङका ग्रामीण क्षेत्रका बालबालिका समेत सहभागी ग्रास रुट फुटबल क्याम्पका लागी मानन्धर सहित एन्फा प्रशिक्षक सन्दीप थापा, राजकुमार श्रेष्ठ र दिवस राई लगायतका प्रशिक्षकहरूले प्रशिक्षण दिने गरेका छन् ।