सुनसरी । इटहरी उपमहानगरले गाईजात्राको अवसरमा मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भदौ ४ गते मङ्गलवार मनाइने गाईजात्रा पर्वको अवसरमा इटहरी उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
इटहरीका नगरप्रमुख हेमकणर् पौडेलले सोमबार साँझ सूचना जारी गर्दै नेवार समुदायले मनाउने गाईजात्रा महत्त्वपूर्ण पर्व रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
इटहरीका नेवार समुदायको सम्मानको लागि स्थानीय बिदा दिने निर्णय गरेको नगरप्रमुख पौडेलले बताए ।