सुनसरी - धरानमा एक बालिकाको हत्या भएको छ भने उनीकी आमा गम्भीर घाइते भएकी छन् । मङ्गलवार दिउसो १४ वर्षीय बालिकाको खुकुरी प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूलाई संखुवासभा खाँदवारिका बबिन बरालले अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट आमा सृजना राई र उनकी १४ वर्षीय छोरी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारको क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाकी आमा ३७ वर्षीय सृजनाको उपचार सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्ने ३३ वर्षीय बराललाई इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिए ।