इटहरी । झापाका पत्रकार तारामणी सापकोटाको पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ माथी इटहरीमा विमर्श गरिएको छ । 

लामो समय देखी झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशिल सापतकोद्धारा लिखित पुस्तकले पत्रकारिता तथा आम सञ्चारका माध्यममा समावेशी हुनुपर्नेमा जोड दिएको छ । 

पुस्तक मार्फत सापकोटाले राज्यका सञ्चार संरचनामा आदिवासी, जनजाति, मधेसी, महिला, दलित, मुस्लिमलगायत उपेक्षित र उत्पीडित जातिको सहभागिता खोजी गरेका छन् ।

 यस्तै संघीयतामाथि प्रश्न उठिरहेका बेला संघीयताको नवीन प्रयोगलाई ठीक ढंगले प्रयोग गर्न पनि पुस्तकले सुझाएको छ । 

लेखकले नेपालका विभिन्न समयमा गठन भएर क्रियाशिल रहेका आयोगहरु समावेशी हुन नसकेको औँल्याएका छन् ।

 जस्तो राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेसी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग, मुस्लिमलगायतका आयोगमा सवै जाति, समुदाय र क्षेत्रलाई समेटन नसकेको सापकोटोले पुस्तक मार्फत उल्ल्ेख गरेका छन ।

निजी क्षेत्रका सञ्चार संस्थामा पनि समावेशिताको चित्र निराशाजनक नै रहेको कार्यक्रममा उनले बताए । 

taramani sapkota 1

पत्रकारका संगठनहरूमा नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, सञ्चारिका समूह, जातिय तथा पहिचानमा आधारित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), राष्ट्रिय दलित पत्रकार संघ, मधेसी पत्रकार संघ, पत्रकारका अन्य संघ संगठनमा समावेशिताका मामिलामा निराशाजनक नै छ ।

कार्यक्रममा विभिन्न वक्ताहरुले पुस्तक माथि टिप्पणी गरेका थिए । पत्रकार राजेश विद्रोहीले पत्रकारले पढ्नै पर्ने पुस्तक भएको बताए ।

अधिवक्ता तथा सामाजिक अभियन्ता शोभा बजगाईंले संविधान अनुसार महिलाको हरेक निकायमा प्रतिनिधीत्व गराउन सम्बन्धित निकायलाई पुस्तकले दबाब दिएको बताइन् । 

कार्यक्रममा वक्ता तथा पत्रकार राजन केडीले समावेशीको कुरा सिद्वान्तभन्दा व्यवहार रहेको बताए ।

‘समावेशी सिद्वान्तलाई व्यवहारमा उतार्न पुस्तकले घचघच्याएको छ,’ केडीले भने, ‘पत्रकारले सीमान्तकृतहरूका आवाज लेख्नुपर्छ । यो पुस्तकले त्यही कुराको उठान गरेको छ । खासमा यो पुस्तक तत्कालै तात्ने र तत्कालै सेलाउने नभएकाले पनि यसको महत्व छ ।’

बागियान साहित्यिक पत्रिकाका सञ्चालकसमेत रहेका श्रीश्रीशा राईको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी बराल लगायतले बोलेका थिए ।