इटहरी । पूर्वका ठुला अस्पतालहरुमा रगतको माग तिव्र भइरहेको अवस्थालाई ध्यानमा राखेर इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
शनिबार सम्पन्न कार्यक्रममा ८४ जनाले रक्तदान गरेको किसान कल्याण साकोसका प्रमुख अधिकृत पुस्कर बस्नेतले जानकारी दिए । कार्यक्रममा सहकारी संस्थाका शेयर सदस्य,बचतकर्ता, अन्य सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधरणले रक्तदान गरेको अधिकृत बस्नेतले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा तरहराको सहयोगमा सम्पन्न गरेको किसान कल्याण साकोसले जानकारी दिएको छ ।
किसान कल्याण साकोस संस्थाले बार्षिक कार्ययोजना अनुसार सामाजिक तथा सामुदायिक कार्यक्रम गर्दै आएको छ ।
किसान कल्याण पूर्वकै ठुला सहकारी मध्येको एक रहेको छ । संस्थामा २३ हजार ०६२ जना सदस्य रहेका छन् । १ अर्व ३६ करोडको कुल पूँजी रहेको छ भने हाल ८ वटा सेवा केन्द्रहरू संचालनमा रहेको किसान कल्याण साकोसले जनाएको छ ।