इटहरी । कुशेऔंशी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ पिताहरुलाई सम्मान गरेको छ । संस्थामा आवद्ध  शेयर सदस्यका परिवारका ७४ जना जेष्ठ पितालाई सम्मान गरिएको संस्थाले जानकारी दिएको छ । जेष्ठ पिताहरुलाई सम्मान पत्र र टोपी ओढाएर तथा मिठा मिठा खानेकुरा खान दिएर सम्मान गरेको संस्थाले जानकारी दिएको छ । 

 आज इटहरी स्थित संस्थाको सभाहलमा र बाङ्गे सेवाकेन्द्रमा छुटाछुटै कार्यक्रमको आयोजना गरी जेष्ठ पिता सम्मान कार्यक्रम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले जानकारी दिए । 

संस्थाले प्रत्येक बर्ष कुशेऔंशीको अवसर पारेर आफ्ना शेयर सदस्यका एकाघर भित्रका ७० बर्ष वा सो भन्दा माथिका बुवा, हजुरबुवा,ससुरा र हजुरबुवा ससुरालाई सम्मान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिए ।

जेष्ठ पिताहरुलाई थप हौसला तथा उत्प्रेरणा प्रदान गर्न संस्थाकाले २०६१ साल देखी निरन्तर जेष्ठ पिता सम्मान कार्यक्रम गर्दै आएको संस्थाका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

kisan kalyan 1

बुढेसकालमा आफ्ना मातापितालाई हेला गर्ने तथा आश्रममा लगेर राख्ने जस्ता मौलाउँदै गरेको विकृतिलाई निरुत्साहित गर्न संस्थाले यो कार्यलाई निरन्तरता दिँदै आएको संस्थाका अध्यक्ष शालिकराम ढकालले बताए । 

संस्थाले नियमित रुपमा सामाजिक कार्य पनि गर्दै आएको छ । रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यहरु बार्षिक क्यालेण्डर नै तयार गरी संस्थाले सामाजिक कार्य गर्दै आएको छ ।