सुनसरी । संकटमा परेको भैंसीपालनप्रति आकर्षण बढाउन राष्टिय भैसी अनुसन्धान कार्यलय तरहराले किसानलाई उन्नत जातको मुर्रा भैसीको पाडा पाडी बितरण गर्न थालेको छ ।

बढ्दो शहरीकरण, फेरिएका गाउँबस्ती तथा जीवनशैली र चरन क्षेत्रको अभावले अहिले भैंसीपालन संकटमा पर्दै गएको छ । पछिल्लो समय अधिकांश परिवारले राँगा, भैंसी पाल्न छाडेपछी राष्टिय भैसी अनुसन्धान कार्यक्रम अन्तर्गत सुनसरीको तरहरामा रहेको कार्यलयले मुर्रा र रैथाने भैसीका पाडा पाडी उत्पादन गरी कृषकलाई न्युनतम शुल्कमा बितरण गर्न थालेको हो ।

bhaishi

उन्नत नश्लको बीउ राँगाको व्यवस्था गरी कार्यलयले कृषकका लागि पाडा पाडी बितरण गर्नुका साथै दुध उत्पादनमा बृद्धी गर्नका लागि बिभिन्न कार्यक्रमहरु गर्ने गरेपनि जनशक्ति र बजेट अभावले प्रभावकारी हुन सकेको छैन । भैसीका पाडा पाडीको माग बढेपनि पर्याप्त जनशक्ति र बजेट अभावले माग अनुसार कृषकलाई बितरण गर्न नसकेको कार्यलय प्रमुख पवनकुमार झाले बताए ।

प्रत्येक बर्ष ७०-८० वटा कृषक समुहबाट उन्नत जातका पाडा पाडीको माग आए पनि दुई दर्जन कृषक समुहलाई मात्र बितरण गर्न सकिएको कार्यलयको भनाई छ । भैंसी तथा राँगामा केन्द्रित भएर अनुसन्धान गर्दै आएको कार्यलयले स्थानीय तहको सिफारिसको आधारमा ५० प्रतिशत अनुदानमा पाडा पाडी बितरण गर्ने गरेको छ ।