विराटनगर । चार दिन अघि मृत नावालिका छोरीहरूलाई छाडेर बेपत्ता भएकी अस्मिता न्यौपाने बिर्तामोडमा फेला परेकी छन् । आमा बेपत्ता हुँदा आमाले नै छोरीहरूलाई विष  खुवाएर हिँडेको आशङ्का गरिएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र  २ नावालिका मृत फेला परेका थिए ।
नावालिका मृत फेला परेको ५ दिन पछि आमा अस्वस्थ अवस्थामा बिर्तामोडमा फेला परेको मोरङ प्रहरीले जनाएको छ । 
शारीरिक हिसाबले कमजोर अवस्थामा भेटिएकी अस्मिताको विराटनगर स्थित कोशी अस्पतालमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।  घरमा श्रीमानसँग विवाद भएपछि आमा अस्मिताले सँगै लिएर गएको भनिएका २ नाबालिका छोरी गत शनिवार दिउँसो मृत फेला परेका थिए ।  अस्मिता  सुन्दरहरैँचा–७ मा श्रीमान् अर्जुन कार्कीसँग बस्दै आएकी थिइन् । 
कार्कीका नाबालिकाहरु छोरीहरू १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की स्थानीय नारायण न्यौपानेको केरा घारीभित्र मृत फेला परेका थिए ।