विराटनगर । बुढीगंगा गाउँपालिका २ टंकीसिनवारीमा रहेको नरग्राम माध्यमिक विद्यालयले पूर्व विद्यार्थी भेला आयोजना गरेको छ।  भेलाले विद्यालयका पूर्व विद्यार्थी सुबोध कोइरालाको संयोजकत्वमा पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरेको छ।  शनिवार विद्यालयमा भएको पूर्व विद्यार्थीहरूको भेलाले कोइरालाको संयोजकत्वमा पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।  भेलाले संयोजक तोकेको भए पनि सदस्यहरू संयोजकले मनोनीत गर्ने गरी जिम्मेवारी दिएको विद्यालयका प्रधानाध्यापक कैलाश केसीले बताए । संयोजक कोइरालाले २५ सदस्य समिति बनाउने जिम्मेवारी पाएका छन् । विद्यालयको सुधारका लागि पूर्व विद्यार्थी समाज गठन गर्ने र त्यस मार्फत पनि गतिविधि गर्ने कानुनी व्यवस्था अनुसार  नरग्राम माध्यमिक विद्यालयले पूर्व विद्यार्थीहरूको भेला बोलाएको हो । 
457024426_517965190817926_6632309240661082883_n
कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापाले विद्यालयले पूर्व विद्यार्थी समाज मार्फत केही नयाँ कामको थालनी गर्न खोजेको बताए । पालिका भित्रको नमुना विद्यालय भएकोले पालिकाले सहयोग गर्दै गएको उल्लेख गरे । उनले सबैको साथ र सहयोगबाट मात्र विद्यालयले राम्रो काम गर्न सक्ने स्पष्ट पारे । भेलाले आगामी मङ्सिर २९ गते पूर्व शिक्षकलाई सम्मान गरिने समेत निर्णय गरेको छ ।