सुनसरी । सुनसरीका किसानले पालेको बङ्गुरमा स्वाइन फिवरको प्रकोप देखिएको छ । बंगुर पालनको लागि प्रसिद्ध मानिएको सुनसरीमा किसानले पालेको बङ्गुरमा स्वाइन फिवरको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।

अघिल्लो आर्थिक वर्षमा पनि सुनसरीको धरानमा मात्र किसानले ३० करोड बराबरको क्षति ब्योहोर्नुपरेको थियो । बङ्गुरमा लाग्ने अफ्रिकन स्वाईनफिवरको प्रकोपले किसानले पालेको बंगुर मर्दा त्यो बेला ३० करोड बराबरको नोक्सानी भएको थियो ।

यो वर्ष अफ्रिकन स्वाइन फीवरको प्रकोप नभएर फिबर मात्र भएकाले अहिलेसम्म ठुलो नोक्सानी नभएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख कुमारसिंह खत्रीले बताउनुभयो ।

विगतमा जस्तो यो वर्ष स्वाइन फिबर प्रकोप नियन्त्रण बाहिर जान सक्ने अवस्था नभएकाले आत्तिनुपर्ने अवस्था रहेको बताइएको छ । सुनसरीको धरान, इटहरी, रामधुनी, वराहक्षेत्र, दुहबी लगायतका स्थानीय तह बङ्गुर पालनको लागि प्रसिद्ध मानिन्छ ।