विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा बस्दै आएका चन्द्रबहादुर तामाङ्गको धारीलो हतियार प्रयोग गरि हत्या भएको छ । पथरी शनिश्चरेको मायालु चोकमा आफ्नै घरभित्र तामाङ्ग मृत फेला परेका छन् । उनको शरिरका बिभिन्न स्थानमा चोट छ । मृत भटिएका तामाङ्गको शब नजिक रगत लतपतिएको प्रहरीले जनाएका छ ।  इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले आफ्नै घरको प्यासेजमा चन्द्रबहादुरको शव भेटिएको जानकारी दिए ।

‘रगतमा डुबिरहेको अवस्थामा शव फेला परेको छ, बताए ।  उनले भने, ‘मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु छन् ।’ 

घटनाको प्रकृति हेर्दा खुर्पाले प्रहार गरेर चन्द्रबहादुरको हत्या गरेजस्तो देखिने डीएसपी दाहालले बताए । स्थानीयले घटनाको जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धानमा डीएसपी दाहाल आफैं खटिएका छन् ।

सो घरमा उनी ज्वाइ रविन राईसँग बस्दै आएका थिए । घटनापछि ज्वाई राई भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रहरीका अनुसार रविन ससुराली घरमा बस्दै आएको थिए । दुवै ज्वाँइ ससुरा ज्यामी काम गर्दै अएका छन् । सो घरमा ज्वाईं ससुरा मात्रै बस्दै आएका थिए ।

चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन् । पत्नी र छोराछोरी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए । यस असघि पनि उनीहरु सधैं मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले बताएका छन् । गयराति पनि मदिरा सेवन गरेको पाइएको  दाहालले बताए ।